इन्डो प्यासिफिक एमसीसीसँग जोडिए स्वीकार्न सक्दैनौँः माधव नेपाल

इन्डो प्यासिफिक एमसीसीसँग जोडिए स्वीकार्न सक्दैनौँः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को सहयोग रोकिए एसियाली विकास बैंक (एडीबी) सँग सहयोग लिने बताएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले भारतको फ्रन्टलाइन म्यागेजिनलाई अन्तर्वार्ता दिँदै उनले एमसीसीबाट प्राप्त हुने ५० करोड डलर रोकिए त्यसको विकल्पमा एडीबीसँग सहयोग लिने बताएका हुन् ।

‘एमसीसीले ५० करोड डलरको प्रसारण लाइन र रोडवेज निर्माण गर्न प्रस्ताव गर्‍यो । यो पर्याप्त पैसा हो, जुन कि नेपालसँग अन्यथा पहुँच छैन । यदि यी रेखाहरू र सडकहरू निर्माण गरियो भने यसले देशको पूर्वाधार सुधार गर्दछ र यसको अर्थव्यवस्थामा सुधार ल्याउँछ’, उनले भनेका छन् ।

सोही अन्तर्वार्तामा उनले अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीतिअन्तर्गत होइन भनी लिखित प्रतिबद्धता गर्न आग्रह गरेको समेत बताएका छन् ।

गत माघ २३ मा राजदूत बेरीले नेता नेपाललाई निवासमै पुगेर भेटेका थिए । उनीहरुबीच एमसीसीकै विषयमा छलफल भएको थियो ।

‘इन्डो प्यासिफिक रणनीतिलाई समर्थन गर्न सकिन्न । हामी त्यसमा स्पष्ट छौँ । त्यस्ता कुनै कुरा एमसीसीसँग जोडिएका छन् भने हामी एमसीसी पनि स्वीकार्न सक्दैनौँ,’ नेपालले सो अन्तर्वार्तामा भनेका छन् ।

एमसीसी र इन्डो प्यासिफिकबीच कुनै सम्बन्ध नभएको अमेरिकाले आफूलाई बताएको उनको भनाइ छ ।

‘यो कुरा स्पष्ट पार्न अमेरिकी राजदूत मकहाँ आउनुभएको थियो । मैले लिखित प्रतिबद्धता पनि मागेको थिएँ । जुन अहिलेसम्म आएको छैन,’ उनले भनेका छन् ।

नेकपा केन्द्रीय समितिले गठन गरेको कार्यदलले एमसीसी परिमार्जनपछि मात्र अनुमोदन गर्न सिफारिस गरेको छ।