मुख्यमन्त्री लालबाबु राउतले पाए ‘महामुर्ख’को उपाधि

मुख्यमन्त्री लालबाबु राउतले पाए ‘महामुर्ख’को उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘महामुर्ख’को उपाधि पाएका छन् । मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक बर्षको होलीमा प्रदान गर्दै आएको यो उपाधि यस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो ।

होलीमा मजाक शैलीमा महामुर्ख भनेर यो उपाधि मिनापले २०६१ सालदेखि नै प्रदान गर्दै आएको छ । मुख्यमन्त्री राउतले प्रदेशको समाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’, ‘छोरी शिक्षा विमा’ सहितको अभियान चलाएको र दलित र महिलाको लागि आरक्षणको व्यवस्था गरेका कारण उनलाई यो उपाधि दिइएको मिनापले जनाएको छ ।

मिनापले महामूर्खका साथै बिभिन्न पदवीबाट समाजका अगुवाहरुलाई सम्मान गर्दै आएको छ ।