सभामुख सापकोटा भेट्न सिंहदरबार पुगे भारतीय राजदूत

सभामुख सापकोटा भेट्न सिंहदरबार पुगे भारतीय राजदूत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

मंगलबार राजदूत क्वात्राले सभाखको कार्यकक्ष सिंहदरबारमा पुगेर शिष्टाचार भेट गरेको सभामुखको सचिवालयले जनाएको छ । भेटमा दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा नेपाल र भारतको सम्बन्धलाई अझै उचाइमा पुर्याउने विषयमा छलफल भएको थियो ।

भेटमा सभामुख सापकोटाले भूकम्पपछि भारतले गरेको सहयोग र वर्तमान अवस्थामा कोरोना भाइरसविरुद्ध लड्नका लागि भारतले गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।

पछिल्लाे समय नवनियुक्त भारतीय राजदूत क्वात्राले भेटघाटलाई तिव्र बनाएका छन् । उनले राष्ट्रपतिदेखि नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।