काठमाडौं – कोरोना भाइरस प्रकोपबारे छलफल गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेतालाई बोलाइएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयका अनुसार विश्व भर फैलिइरहेको कोरोना भाइरस संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्ने तयारी छ ।
कोरोनासँग जुध्न सरकारले पूर्वतयारी नगरेको भन्दै व्यापक आलोचना भइरहेको बेला सरकारको पूर्वतयारी र अन्य दलका सुझाव लिन पोखरेलले सर्वदलीय बैठक बोलाएका हुन् ।
कोरोना भाइरस विश्वका १०० भन्दा बढी मुलुकमा फैलिए पनि नेपालमा भने यसको असर देखिएको छैन ।




प्रतिक्रिया