गोकुल बाँस्कोटाको घरमा आतंककारी समूहले बम विस्फोट गरायोः अध्यक्ष प्रचण्ड

गोकुल बाँस्कोटाको घरमा आतंककारी समूहले बम विस्फोट गरायोः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आतंककारी समूहले पूर्व सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट गराएको बताएका छन् । बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले घटनाको निन्दा गरेका छन् ।

अध्यक्ष प्रचण्डले घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानूनी कारबाही गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’, अध्यक्ष प्रचण्डले भनेका छन् ।

‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समुहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ । म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु’, प्रचण्डले विज्ञप्तिमा भनेका छन् ।

बाँस्कोटाको मध्यपुर नगरपालिका वडा नम्बर १, लोकन्थली भक्तपुरस्थित निर्माणाधिन घरमा बुधवार बिहान बम विष्फोट भएको थियो । घटनाको जिम्मेवारी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएको बुधवार (फागुन २८) एक वर्ष पूरा भएको छ ।