काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको पक्षमा वकालत गरेका छन् ।
राज्यमन्त्री मोतीलाल दुगडले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कालोबजारीको पक्ष लिँदै बढी मूल्य लिएरै मास्क बेच्न आग्ह गरेका छन् । उनले १० रुपैयाँमा पाइने मास्कलाई ३० रुपैयाँसम्म लिन मिल्ने बताए ।
‘अहिले कोरोनाको त्रासले मास्कको मूल्य बढेको खबरहरु छन् । हामीले अनुगमन पनि गरिरहेका छौं’ उनले भने, ‘१० रुपैयाँ पर्ने मास्कलाई ४५–५० रुपैयाँमा विक्री गर्न मिलेन । २०–२५–३० रुपैयाँसम्म लिन पाइयो ।’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कको मूल्य बढी लिने पसलहरुलाई दुई –दुई लाख रुपैयाँको दरले जरिवाना गर्दै आएको छ । तर, राज्य मन्त्राीले भने बढी मूल्य लिएर बेच्न मिल्ने बताएपछि उनको चर्को आलोचना भइरहेको छ ।




प्रतिक्रिया