म माथि झुठो आरोप लगाइयोः कृष्णबहादुर महरा

म माथि झुठो आरोप लगाइयोः कृष्णबहादुर महरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताएका छन् ।

गृह जिल्ला दाङ पुगेर फर्कंने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा कार्यकर्तासगँको भेटमा महराले अदालतले आफूलाई दिएको सफाई नागरिकप्रतिको सम्मान भएको बताए ।

‘मलाई राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो’, उनले भने, ‘म माथि झुठो आरोप लगाइयो ।’ महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढामगर, नेकपा नेता शिवराज नगरकमिटीलगागत पार्टी कार्यकर्ताले स्वागत गरेका थिए ।