कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव कार्यसूचीबाटै हट्यो

कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव कार्यसूचीबाटै हट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आजको प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश गर्ने कार्यसूची थियो । तर, संसद सचिवालयले बैठक सुरु हुनै लाग्दा अन्तिममा आएर कार्यसूचीबाट सो कार्यसूची हटाएको छ ।

बिहीबार बिहान ११ बजे संसद बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले प्रस्ताव पेश कार्यसूची थियो ।

भारतले दार्चुलाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा प्रकाशित गरेपछि बसेको सर्वदलीय बैठकले पनि नेपाली भूभाग अतिक्रमण हुनबाट रोक्न सरकारलाई निर्देशन दिइसकेको छ ।

बैठकमा धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेश हुनेछ । त्यस्तै कारागार विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विद्येयक प्रस्ताव पनि बैठकको कार्यसूचीमा राखिएको छ ।

त्यस्तै राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।