काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थमन्त्री भानुभक्त ढकालले गैरजिम्ेमवारीपूर्ण जवाफ दिएको भन्दै आपत्ति जनाएकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले स्वास्थ्यमन्त्रीले जनतालाई त्रसित बनाउने खालको गैरजिम्मेवारपूर्ण जवाफ दिने अधिकार नभएको बताएकी छन् ।
‘कोरोना भाइरसबाट हामी आतंकित छौं । त्रसित छौं । हरेक राष्ट्रहरुले पनि यसबारेमा सजकता अपनाएका छन् । आफ्ना जनतालाई सरक्षीर रहन अपिल गरिरहेका छन् । मलाई लाज लाग्छ भन्ने पर्छ’, उनले भनिन्, ‘स्वास्थ्यमन्त्रीज्यूले नेपाली जनतालाई अपील गर्नुको साटो अब विदेशबाट आएका क्वारेन्टाइनमा आफैं बस्नुपर्यो । आइसोलेसनमा आफैं बस्नुपर्यो सरकारले राख्न सक्दैन भन्दै गर्दा आज नेपाली जनता त्रसित छन् । मुलुकका स्वास्थ्यमन्त्रीले गैरजिम्मेवारपूर्ण जवाफ दिने अधिकार छैन् ।’
त्यस्तै उनले कोरोना भाइरसको महामारीसँगै खाद्यान्न, ग्यास, मास्कको अभाव भएको भन्दै सरकारले तत्काल व्यवस्था गर्न माग गरेकी छन् ।




प्रतिक्रिया