काठमाडौं – पर्यटनमन्त्री योगेश भट्टराईले श्रीमती बिन्दा घिमिरेको नाम जोडेर प्रचार भइरहेको घुसप्रकरणबारे आफ्नो धारण सार्वजनिक गरेका छन् ।
भट्टराई पत्नी घिमिरेले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै ३ लाख घुस माग गरेको खबर सार्वजनिक भएपछि भट्टराईले विहीबार फेसबुकमार्फत् स्पष्टीकरण दिएका हुन् ।
‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन । सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ,’ मन्त्री भट्टराईले भनेका छन्, ‘षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौ । कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला ।’

पर्यटनमन्त्री भट्टराईकी पत्नी विन्दा घिमिरेले नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै फेसबुक म्यासेन्जरमार्फत् गरिएको च्याट स्क्रिनशर्ट बाहिरिएकाे छ । अहिले नेकपाका नेताहरुले पर्यटनमन्त्रीकाे चर्काे विराेधमा गरिरहेका छन् ।




प्रतिक्रिया