काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण स्थगित भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण राष्ट्रपति भण्डारीको ३ दिने बंगलादेश भ्रमण स्थगित भएको बंगलादेशका लागि नेपाली राजदूत बंशीधर मिश्रले जानकरी दिए ।
चैत्र ९ गते राष्ट्रपति भण्डारी बंगलादेशको ढाका पुग्ने कार्यक्रम तय भएकोमा कोरोना भाइरस महामारीका कारण उनको भ्रमण रद्ध भएको हो ।
राष्ट्रपति भण्डारीले त्यहाँको संसदलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।




प्रतिक्रिया