अनेरास्ववियूका विद्यार्थी नेता राईलाई ८ वर्ष जेल

अनेरास्ववियूका विद्यार्थी नेता राईलाई ८ वर्ष जेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कारको आरोपमा पक्राउ परेका अनेरास्ववियूका पूर्वविद्यार्थी नेता इन्द्रहाङ राईलाई ८ वर्षको जेल सजाय सुनाइएको छ ।

१८ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि असोज १२ मा पक्राउ परेका नेता राईलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले ८ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको हो ।

रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियूका केन्द्रीय सदस्य रहेका राईलाई यौन दुर्व्यवहारमा पक्राउ गरेपछि दुवै पदबाट मुक्त गरिएको थियाे । राईले आफ्नै साथीकी बहिनीलाई गोकर्णेश्वर ६ स्थित आफन्तको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको थियो ।

त्यस्तै राईमाथि १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ ।