सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रद्द गर्न सरकारलाई समितिको निर्देशन

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रद्द गर्न सरकारलाई समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पूर्ण प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले हालसम्मका सबै प्रक्रिया रद्द गरी ग्लोबल टेन्डरबाट प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । समितिले सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा भ्रष्टाचारको विषय आएकाले छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन पनि दिएको छ ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा अनियमितता गर्न तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटा नै लागेको सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा तत्कालिन मन्त्री बास्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भएको थियो ।

समितिले नेपालको समग्र सार्वजनिक खरिद प्रक्रियाबारे जीटुजी प्रक्रियामा भइरहेका कामबारे जानकारी लिन मुख्यसचिव लोकदर्शन रेग्मी र सञ्चारमन्त्री डा. युवराज खतिवडालाई अर्को बैठकमा बोलाउने निर्णय समेत गरेको छ ।