काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रमा कोरोना भाइरसविरुद्ध लड्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रणनीतिको स्वागत गरेका छन् ।
अस्पतालमा रहेका उनले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री मोदीजीको कोरोना भाइरसको संक्रमण विरुद्ध लड्ने उच्चतम विचार र कठोर रणनीतिको स्वागत गर्दछु । मेरो सरकार कोरोना भाइरसजस्तो प्राणघातक रोगसँग लड्न सार्क सदस्य राष्ट्रसँग मिलेर नागरिकको सुरक्षाका लागि तयार छ ।’
उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै दक्षिण एसियाका जनताहरु सुरक्षित छन् भन्ने सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताएका थिए ।
‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ । हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्, ‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं ।’





प्रतिक्रिया