आज साँझ डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली

आज साँझ डिस्चार्ज हुँदै प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुने भएका छन् ।

२१ गते मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालमा आराम गरिहेका प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्रीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाले मिर्गौला भने अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको डा. खड्गाले जानकारी दिए ।