काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना ९० वर्षीय बुबा मोहनप्रसाद ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा स्वागत गरेका छन् ।
मिर्गौला प्रत्यारोपण गरिएको दशौं दिनको दिन अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली शुक्रबार बेलुका प्रधानमन्त्री निवास गएका हुन् ।
अस्पताल जाने क्रममा पनि प्रधानमन्त्री ओलीलाई बुबाले आशीर्वाद दिँदै बिदा गरेका थिए । २०६४ सालमा भारतमा प्रधानमन्त्री ओलीको पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरेका ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण १० दिन अघि गरिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणमा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् ।
‘बाह्रदिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु । मेरो मिर्गौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरुप्रति विशेष आभारी छु’, उनले भनेका छन्, ‘अस्पतालमा रहंदा मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका मित्रहरू एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
त्यसैगरी उनले अस्पतालमा रहँदा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै नेपाली दिदीबहिनी र दाजुभाइहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।




प्रतिक्रिया