माइक्रोसफ्टको बोर्डबाट बिल गेट्सले दिए राजीनामा

माइक्रोसफ्टको बोर्डबाट बिल गेट्सले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – माइक्रोसफ्टका सह संस्थापक बिल गेट्स शुक्रबारदेखि कम्पनीको बोर्डबाट राजीनामा दिएका छन् । उनले कम्पनीलाई विश्वकै मूल्यवान फर्म बनाएका थिए ।

विश्वव्यापी स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनसँग सम्बन्धित परोपकारी काममा आफ्नो ध्यान केन्द्रीत गर्नका लागि बोर्डबाट हट्ने निर्णय गरेका हुन् ।

अर्बपति र उनकी श्रीमती मेलिन्दाले विश्वकै ठूलो मध्येको एक परोपकारी संस्था गेट्स फाउन्डेशन संचालन गर्दै आएका छन् । यसमा रोग र गरिबीसँग लड्नका लागि विश्वव्यापी स्वास्थ्य कार्यक्रमको कोषमा अर्बौ डलरको सम्पत्ति रहेको छ ।

गेट्सले २००८ मा माइक्रोसफ्टमा पूर्णकालिन कार्यकारी भूमिकाबाट आपूmलाई अलग गरेका थिए र २०१४ सम्म बोर्डको अध्यक्षको रुपमा रहदै आएका थिए । त्यसयता उनी बोर्डको सदस्यको रुपमा रहदै आएका थिए ।