नरेन्द्र मोदीको प्रस्ताव पाकिस्तानले पनि स्वीकार्‍यो

नरेन्द्र मोदीको प्रस्ताव पाकिस्तानले पनि स्वीकार्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सार्क देशमा कोरोनाभाइरसको संक्रमणसँग लड्नका लागि एक मजबुत योजना बनाउने प्रस्ताव रोखेका थिए ।

उनले ट्वीटमार्फत भनेका छन्, ‘सार्क देशका नेता भिडियो कन्फिरेन्सको माध्यमबाट कोरोनाको विषयलाई लिएर कुराकानी गर्न सक्छन् । जसका माध्यमबाट यसको बचाउका लागि सहयोग मिलोस् ।’ केबल सार्क देश आपसमा मिलेर विश्वलाई उदाहरण प्रस्तुत गर्न सक्छन् र विश्वलाई स्वस्थ बनाउनका लागि आफ्नो भूमिका देखाउन सक्ने उनले बताए ।

प्रधानमन्त्री मोदीको यो प्रस्तावलाई भुटान, नेपाल, श्रीलंका समेत कयौं देशले स्वागत गरेका छन् । यहासम्मकी पाकिस्ताले पनि यो प्रस्तावप्रति सकारात्मक धारणा प्रस्तुत गरेको छ । पाकिस्तान र भारतबीचको सम्बन्ध खराब अवस्थाबाट गुज्रदै आएको छ । तर मोदीको यो प्रस्तावमाथि पाकिस्तिानी विदेश मन्त्रालयले सकारात्मक धारणा देखाएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता आइशा फारुकीले भनिन्, ‘कोरोना भाइरसबाट लड्नका लागि क्षेत्रीय तथा विश्वव्यापी स्तरमा सहयोगको आवश्यकता छ,’ उनले ट्वीट गर्दै भनिन्, ‘हामीले पाकिस्तानको स्वास्थ्य मन्त्रीलाई सार्क देशका नेतासँग भिडियो कन्फिरेन्सको माध्यमबाट कुरा गर्न भनेका थियांै । यसमा विश्वव्यापी र क्षेत्रीय सहयोगको आवश्यकता छ ।’

पाकिस्तानी अखबारले मोदीको प्रस्तावमा पाकिस्तानको सरकारकोतर्फबाट यो प्रतिक्रियालाई सकारात्मक दृष्टिकोण भएको उल्लेख गरेको छ । तनावपूर्ण सम्बन्धमा पहिलो पटक दुई देशबीच कुनै पनि किसिमको संवादमा सहमती बनेको देखिएको पाकिस्तानी अखबारहरुले जनाएका छन् ।