काठमाडौं – सुरुमा चीनको वुहानबाट देखिएको मानिए पनि कोरोनाभाइरस हाल विश्वका १०० भन्दा बढी मुलुकमा देखिएको छ । यसको नियन्त्रण प्रयासमा पनि चीन नै अगाडि देखिएको छ ।
चीनले कोभिड–१९ को नियन्त्रणको प्रयास गरेसगै यो मुलुकमा थोरै मात्र कार चलेका छन् भने थोरै मात्र कारखानहरु संचालनमा देखिएका छन् । उसको यो प्रयासले केही ठाउँहरु र आकास सफा देखिएका छन् ।
कोरोना नियन्त्रणको चिनियाँ प्रयास भनेको मानिसहरु घरमै बसेका छन् र कारखानाहरु बन्द भएका छन् । यसले प्रदूषण निकै हदसम्म घटेको देखिएको छ । सफा वायुले जनस्वास्थ्यमा सुधार गरेको छ । सम्भवत यसले पनि जीवन बचाउन सक्छ ।
चीनले गरेको प्रयासमा प्रभावित क्षेत्रहरुमा आवतजावतम निषेध, सर्वसाधारणलाई घरमै बस्नका लागि भनिएको, उपचारका लागि द्रुत गतीमा अस्पतालको निर्माण लगायतकमा विषयहरु छन् । यी सबै प्रयासपछि चीनले हिजो मात्रै कोरोनाभाइरसको महामारीको अन्त्य भएको घोषणा गरेको थियो ।
विश्वव्यापी बनेको कोरोनाभाइरसले विकासमा ठूलै फड्को मारिएको भनिएको अमेरिका पनि अछुतो बन्न सकेन । यहाँ पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकालनै घोषणा गरिसकेका छन् ।
अमेरिकाले यसको नियन्त्रणका लागि हात धुने र सामजिक भेला नगर्नका लागि निर्देशनै दिएको छ । स्कुल बन्न गर्ने निर्णय समेत गरेको छ ।
वासिङटन राज्यमा ३७ मानिसको मृत्यु भएको छ । यो अमेरिकाको अन्य राज्यहरुसको संयुक्त भन्दा पनि कढी हो । अमेरिकी सरकारले यसको नियन्त्रणका लागि १३ वटा रणनीतिक चेकलिस्ट बनाएको छ र हालका लागि केही विकल्प मात्रै बाँकि रहेको छ । यो विकल्पमा कार्यस्थल बन्द गर्ने, मानिसहरुलाई घर बाहिर निक्लनका लागि बन्द गर्ने लगायतका रहेका छन् ।
कोरोनाको चपेटामा आएको अर्को मुलुक फ्रान्स पनि हो । उसले आपूmलाई अर्को इटाली बन्न नदनिका लागि प्रयास थालेको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोले विश्वका नेताहरुलाई कोरोनाभाइरससँग लड्नका लागि आग्रह गरिसकेका छन् । यो मुलुकले कोराना नियन्त्रणका लागि प्रयास समेम थालिसकेको छ ।
फ्रान्समा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या २२८४ पुगिसकेको छ र यो इटालीपछि युरोपकै दोस्रो बढी हो । इटालीमा १२००० भन्दा बढी मानिस यसको चपेटामा आएका छन् । यद्यपी स्वास्थ्य अधिकारीले फ्रान्सले पनि इटालीमा विस्तार भए जस्तै अवस्थाको सामना गर्नुपर्ने चेतावनी जारी गरिसकेका छन् । इटाली पुरै देशनै बन्दको अवस्थामा रहेको छ ।
‘तपाईहरु महामारीको सुरुवातमा हुनुहुन्छ । यो युरोपको सबैतिर पैmलिसकेको छ,’ म्याक्रोले बताएका थिए । यो भाइरस नियन्त्रणका लागि फ्रान्सले स्कुल र विश्वविद्यालयलाई बन्द गरिसकेको छ र व्यवसायलाई कोष प्रदान गर्ने कदमको सुरुवात गरिसकेको छ । फ्रान्सले पनि इटालीकै नियती भोग्नु पर्ने एक वैज्ञानिकले बताएका छन् ।
‘इटालीमा के भइरहेको छ भन्ने बुझ्नु निश्पक्षा देखिन्छ र यो फ्रान्स, जर्मनी र संयुक्त अधिराज्यमा पनि आगामी सातासम्म दोहोरिन सक्छ,’ युनिभर्सिटी अफ सुरेका भाइरोलोजिस्ट निकोला लकरले बताए ।
यो अवस्था अन्य मुलुकमा पनि समान किसिमबाट आउने सक्ने चेतावनी उनले दिएका छन् । आफ्नो भाषणमा म्याक्रोले विश्वका नेताहरुलाई भाइरस रोक्नका लागि आग्रह गरेका छन् ।
विश्वव्यापी संकट के हो भन्ने विष्यमा विभाजित हुनुहुन्न भन्ने सन्देश उनले दिएका छन् । भारतमा पनि शनिबारसम्मको अवधिमा कोरोनाभाइरसको संक्रमणबाट दुईजनाको मृत्यु भइसकेको छ ।
भारतले महामारीका लागि तयारी गर्ने यो मुलुक विश्वका पहिलो पंक्तिका मुलुक मध्येको रहेको बताएको छ । स्वास्थ्य मन्त्री हर्ष बर्धनले भारतले १७ जनवरीदेखि विमानस्थलमा स्क्रीनिङको सुरुवात गरेको बताएका छन् ।
भारतमा पनि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । स्कुलमा निर्देशिका पठाइएको छ र कामदारमा कोभिड–१९ फेला परेपछि केही कार्यालयहरु अस्थायी रुपमा बन्द गरिएका छन् ।
देशको २१ विमानस्थल र ७७ सामुद्रिक बन्दर्गार्हामा ६ लाख मानिसको परीक्षण गरिएको बर्धनले बताए । नेपालको सीमामा रहेका पाँच राज्यमा बसिरहेका २७००० मानिसलाई निगरानीमा राखिएको छ र उक्त क्षेत्रको १० लाख मानिसको परीक्षण गरिएको छ ।




प्रतिक्रिया