संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैनः मन्त्री ज्ञवाली

संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैनः मन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताएका छन् । उनले अहिले संविधान कार्यान्वयन गर्ने समय भएकाले संविधान हेरफेरको बहस गर्ने समय नभएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगर कमिटीद्वारा पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ कार्यक्रममा उनले पहिलो काम समृद्ध नेपाल बनाउनुपर्ने अवस्था रहेकाले संविधानका सीमा हेरफेरको बहस उचित नभएको उल्लेख गरे । उनले नेकपा नेतृत्वको सरकारले जनताका आशा र भरोसाको विश्वास टुट्न नदिने बताए ।

मन्त्री ज्ञवालीले संविधान जलाउने समूहलाई वार्ताबाट संविधान स्वीकार्य गर्ने बनाएको बताए । उनले नेकपाप्रति जनताको भरोसा अझै रहेकाले यसलाई कायम गरी पार्टी र सरकार लाग्नुपर्नेमा जोड दिए ।

नेकपाका नेता सोमप्रसाद पाण्डेय र ठाकुर गैरेले पार्टी बलियो र व्यवस्थित गर्न अभियान सफल हुनुपर्ने बताए । नगर कमिटीले आजदेखि तीन महिना पार्टी जनसम्बन्ध विस्तार अभियान सञ्चालनमा ल्याएको हो ।