कोरोना लक्षित १ सय वेडको अस्पताल तत्काल निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

कोरोना लक्षित १ सय वेडको अस्पताल तत्काल निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भर्खरै मिर्गौला प्रत्यारोपण गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले चाँडो भन्दा चाँडै अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।

शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले छुट्टै संरचना खडा गरेर विरामीको वा  चाप कम हुने काठमाडौंकै कुनै अस्पताल कम्तीमा १ सय वेडको अस्पताल बनाउन निर्देशन दिएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।