स्पेनी प्रधानमन्त्री पत्नी गोमेजलाई कोरोना संक्रमण

स्पेनी प्रधानमन्त्री पत्नी गोमेजलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण भएको छ ।

प्रधानमन्त्री पत्नी गोमेजलाई कोरोना (कोभिड–१९) संक्रमण पोजिटिभ भेटिएपछि उनको उपचार प्रक्रिया सुरु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार स्वास्थ्यकर्मीले जाँच गर्दा उनमा कोरोना भाइरस संक्रमण देखिएको हो । यसअघि स्पेनले मन्त्रिपरिषदका सबै सदस्यको स्वास्थ्य परीक्षण गराएकोमा त्यतिबेला २ मन्त्रीमा कोरोना संक्रमण देखिएको थियो ।

स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० जनामा संक्रमण भएको पुष्टि भएको छ ।

स्पेनी सरकारले कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै देशमा आफ्ना नागरिकलाई आपतकालीन अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सूचना जारी गरेको छ ।