मास्कमा कालोबजारीः डल्लुबाट आठ जना पक्राउ

मास्कमा कालोबजारीः डल्लुबाट आठ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मास्क कालोबजारी गर्ने ८ जना प्रकउ परेका छन् । प्रहरीले काठमाडौं महानगरपालिका–१५ डल्लुबाट शनिबार दिउँसो ७८ हजार थान माक्स सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ३० वर्षीय मिन्टु तामाङ, मानकाजी लामा, अनिष कार्की, थुमराज उपाध्याय, निर्प कार्की, उज्वल अधिकारी, शिव खड्का र निशान तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित आवासमा मिन्टु तामाङले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरी उक्त मास्क लुकाई छिपाई बढी मूल्यमा बिक्री बितरण गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा ५ रुपैयाँ भन्दा कम पर्ने मास्कलाई ३१ रुपैयाँ मूल्य कायम गरी बिक्री बितरण गर्न लागिरहेको खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।