काठमाडौं – सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले एकीकृत कार्ययोजना बनाउन सरकारले सात वटै प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई काठमाडौं बोलाएको हो ।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ । सोही समितिले मुख्यमन्त्रीहरूलाई बैठकका लागि काठमाडौं बोलाएको हो ।
बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्ने उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म सरकारले गरेका कार्यप्रगतिका विवरण पेश गर्ने कार्यक्रम छ ।
मुख्यमन्त्रीहरूले पनि कोरोनाभाइरस संक्रमण फैलन नदिन गरेका पूर्वतयारीबारे बैठकमा रिपोर्टिङ गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया