घर पुर्याइदिन्छु भन्दै होमस्टेमा लगेर किशोरी बलात्कार गर्ने पक्राउ

घर पुर्याइदिन्छु भन्दै होमस्टेमा लगेर किशोरी बलात्कार गर्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

१९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका– २ आनन्दनगर बस्ने २८ वर्षीय चित्र बहादुर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई घरसम्म पुर्‍याईदिन्छु भन्दै भे.१ च २२९७ नम्बरको भ्यानमा राखी बैजनाथ गाउँपालिका–४ गाबरस्थित होमस्टेमा लगेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।