सभापति देउवाले अलि लचक भएर काम गर्नुप‍र्योः गगन थापा

सभापति देउवाले अलि लचक भएर काम गर्नुप‍र्योः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अझै शक्ति बढाएर परिवर्तनको पक्षमा उभिने बताएका छन् ।

सोमबार बत्तिसपुतलीमाभएको भेलामा बोल्दै नेता थापाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद हुँदा विधि, विधानको पक्षमा उभिएर कृष्णप्रसाद सिटौलाले मध्यमार्घी भूमिका खेलेकोमा थापाले प्रशंसा गरेका छन् ।

‘कुनै अलमल विना कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सहीमा सही र गलतमा गलत भनेका छौं,’ थापाले भने, ‘शक्ति बढाएर परिवर्तनको पक्षमा वातावरण निर्माण गर्ने हो ।’

थापाले आफ्नो पुस्ताको काँधमा कांग्रेसको भविष्य राम्रो हुन्छ भन्ने जिम्मेवारीसमेत रहेको पनि बताए । ‘भविष्यको कांग्रेस राम्रो हुन्छ भन्ने आश्वस्त पार्ने जिम्मेवारी दिने काम हाम्रो हो,’ थापाले भने, ‘त्यो भूमिका निर्वाह गर्नुपर्छ ।’

उनले परिवर्तनको पक्षमा पार्टी विधान पालना गरेर अगाडि बढ्ने पनि बताए। ‘पार्टी्भित्र एकता निर्माण गरी विविविधानअनुसार चल्नुपर्छ,’ उनले भने, ‘हामी अलमलिएको छैन। समयमै महाधिवेशन गर्न आफ्नो शक्तिलाई समुच्चमा पुर्‍याउनुपर्छ ।’

थापाले सभापति देउवाले महाधिवेशनको वातावरणलाई अल्मल्याउने गरी भूमिका खेलेको आरोप लगाए । ‘एकपछि अर्का विवादास्पद निर्णयले महाधिवेशन गर्ने वातावरणलाई अल्मल्याइदिएको छ,’ उनले भने ।

सभापति देउवालाई लचक भएर काम गर्न पनि उनले आग्रह गरेका छन् । ‘सभापति अलि लचक भएर काम गर्नुप‍र्यो । महामन्त्रीले पनि आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ,’ उनले भने, ‘समायोजनका काम ३२ जिल्लामा सकियो भनेर हुन्न । फोन गर्नुपर्‍यो, प्रतिनिधि पठाउनुप‍र्यो र छिटो समायोजन गर्नुप‍र्यो ।’