राप्रपाले सचिवालय सदस्य तोक्यो

राप्रपाले सचिवालय सदस्य तोक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलोपटक पदाधिकारी तथा सचिवालय प्रमुख मनोनित गरेको छ । आइतवार पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर राणा र डा प्रकाशचन्द्र लोहनीको बैठकले उक्त मनोनयन गरेको राप्रपा नेता जनकराज पाठकले जानकारी दिए ।

राप्रपामा सचिवालय प्रमुखमा र ध्रुबबहादुर प्रधान भास्कर भद्र मनोनयन गरिएको छ । त्यसैगरी दुई कोषाध्यक्षमा गणेश चन्द र चन्द्र गुरुङ रहेका छन् । दुई राप्रपाबीच फागुन २८ गते राष्ट्रिय सभागृहमा एकता घोषणा भएको थियो ।