काठमाडौं – लामो समयपछि पनि प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगो लाग्न नसकेपछि प्रदेश नम्बर दुईले मतदानबाट अन्तिम निर्णय गर्ने भएको छ । प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न मंगलबार प्रदेशसभामा मतदान हुने भएको हो ।
प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नका लागि चैत ४ गते बिहान ८ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । मंगलबारको बैठकमा प्रदेशसभाका सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिङ समेत गरेका छन् ।
प्रदेश २ मा सत्तासीन समाजवादी पार्टीको ३०, राजपाको २५, नेकपाको ३२, नेपाली कांग्रेसको १९ र रिजवान अन्सारीको पार्टीबाट जितेका एकजना प्रदेशसभा सदस्य छन् । दुई तिहाइको संख्या पुर्याउन कम्तीमा ७१ मत आवश्यक पर्नेछ ।




प्रतिक्रिया