काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कञ्चनपुरको सीमा समस्या समाधान गर्न माग गर्दै एक टोलीले ज्ञापनपत्र बुझाएको छ ।
नेकपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा नेतृत्वको टोलीले अध्यक्ष प्रचण्ड निवास पुगेर ज्ञापनपत्र बुझाएको हो । टोलीलाई अध्यक्ष प्रचण्डले सीमा समस्या सामाधान गर्न पार्टी र सरकारमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रचण्डले छिमेकीसँग सीमा विवाद धेरै पहिलेदेखिको बताउँदै सरकारले आवश्यक पहल गर्ने आश्वासन दिएका थिए ।




प्रतिक्रिया