काठमाडौं – सरकारले कालोबजारी रोक्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारले नोवेल कोरोना भाइरस (कोभिड(१९)का कारण बजारमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न पसल सञ्चालन गर्न लागेको हो ।
संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गरिने जानकारी दिए ।
केही दिनमै सञ्चालनमा आउने पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुने मन्त्री भट्टले बताए । उनले त्यस्ता सामग्रीहरु बिक्री गर्न घुम्ती पसल सञ्चालनमा ल्याइने बताए ।




प्रतिक्रिया