विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७९८४, इटालीमा मात्रै २५०० नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७९८४, इटालीमा मात्रै २५०० नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट विश्वभरी संक्रमित हुनेको संख्या १ लाख ९८ हजार ४१२ पुगेको छ भने मृत्यु हुनेको संख्या ७, ९८४ पुगेको छ ।

यूरोप समेत विश्वका प्रभावित देशको सडक सुनसान भएको छ र अवस्था कफ्र्यू लागेको जस्तो देखिएको छ । चीनपछि यूरोपमा सबैभन्दा धेरै कोरोनाको असर परेको छ । यूरोपमा कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु इटालीमा भएको पाइएको छ । अमेरिकामा कोरोनाबाट थप २६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ११२ पुगेको छ ।

इटालीमा मृत्युको संख्या २५०० भन्दा बढी

वुहानबाट फैलिएको कोरोनाभाइरसको सबैभन्दा बढी असर इटालीमा परेको छ । विगत २४ घन्टामा इटालीमा ३६८ को मृत्यु भएको छ र इटालीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २५०३ पुगेको छ ।

चीन बाहिर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । यसका साथै ३५२६ नयाँ बिरामी देखिएका छन् । यो सहित इटालीमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ५०६ पुगेको छ ।

स्पेनमा एक दिनमा १९१ को मृत्यु

इरानमा कोरोनाबाट थप १३५ को मृत्यु भएको छ । यो सहित इरानमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८८ पुगेको छ । यो बिमारीको चपेटामा आउनेको संख्या १६,१६९ पुगेको छ ।

इरानका अतिरिक्त स्पेनमा विगत २४ घन्टाको अवधिमा १९१ मानिसको मृत्यु भएको छ र यो सहित कुल संख्या ५३३ पुगेको छ । स्पेनमा हालसम्मि ११,८२६ मानिस संक्रमित भएका छन् ।