चीनको वुहानमा १ जना मात्र कोरोना भाइरसका नयाँ बिरामी

चीनको वुहानमा १ जना मात्र कोरोना भाइरसका नयाँ बिरामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको असर विश्वभरी लगातार फैलिरहेको छ । यूरोप तथा एसियाली देश अब यसको चपेटामा परेका छन् । तर सुरु भएको चीनमा भने नयाँ बिरामीको संख्यामा व्यापक गिरावट आएको छ ।

विगत २४ घन्टाको अवधिमा चीनमा जम्मा एक जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । त्यो पनि वुहान सहरमा । यो हालसम्मकै ठूलो गिरावट हो । कोरोना भाइरसबाट मंगलबार चीनमा १३ जनाको मृत्यु भएको थियो । तर पुरै चीनको कुरा गर्ने हो भने २० जना नयाँ बिरामी देखिएका छन् ।

चिनियाँ अधिकारीका अनुसार यी सबै विदेशी नागरिक हुन् । स्थानीय नागरिकमा केबल एक जनामा कोरोना भाइरसको लक्षण पाइएको छ । कोरोना भाइरसको सुरुवातमा चीनमा विश्वकै लगभग ९९ प्रतिशत बिरामी देखिएका थिए । तर हाल आएर यो आंकडा ४५ प्रतिशतमा झरेको छ । अब धेरैजसो बिरामी यूरोपेली देशमा देखिएका छन् ।

ताजा आंकडाका अनुसार चीनमा हाल कोरोना भाइरसको कुल पोजिटिभ केस ८०, ८९४ रहेको छ । यो भाइरसबाट ३ हजार २ सय ३७ जनाको मृत्यु भएको छ । जुन पुरै विश्वमा सबैभन्दा बढी हो । चीनले गत साता विश्वकै ठूलो लकडाउन गरेको थियो । जसका कारण कोरोना भाइरसको पोजिटिभ मामिलामा गिरावट आएको हो ।