काठमाडौंको तीनथानामा ट्रकभित्र किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

काठमाडौंको तीनथानामा ट्रकभित्र किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा एक युवती सामुहिक बलात्कृत भएकी छन् ।

मंगलबार तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रै चालक तथा सहचालक ३ जना मिलेर किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् ।

घटनालगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार मंगलबार बिहानै घर जान गाडी कुरेर बसेकी धादिङकी ती किशोरीलाई तीन जनाले मिलेर घर र्पुयाइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका–१ का सञ्जय घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।