के तपाईंलाई थाहाँ छ, कोरोनाको उपचार गर्ने डाक्टर कति पटक हात धुन्छन् ?

के तपाईंलाई थाहाँ छ, कोरोनाको उपचार गर्ने डाक्टर कति पटक हात धुन्छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – कोरोना भाइरसको विस्तार रोक्नका लागि डाक्टर, वैज्ञानिक तथा शोधकर्ता लगातार यो विषयमा जोड दिँदै आएका छन् कि नियमित अन्तरालमा साबुन पानीले आफ्नो हात धुनु ।

तर कोभिड–१९ रोगबाट संक्रमित बिरामीको उपचार गरेपछि डाक्टरले आफ्नो हात कति पटक धुनुपर्छ ? उनीहरु कुन कुरामा ध्यान दिन्छन् र यो बिमारीबाट आपूmलाई कसरी बचाउछन् ?

चीनको ग्लोबल टिभी नेटवर्कले ट्वीटरमा एक भिडियो सेयर गरेको छ, जसमा सबै प्रश्नको उत्तर दिइएको छ । भिडियोको सुरुवात कोरोना भाइरसको रोगीको उपचार गरिरहेका एक डाक्टरसँग भएको छ । उनी सुरक्षात्मक सूट र कयौं पन्जा लगाएको देखिएका छन् ।

भिडियोमा डाक्टर पहिले आफ्नो हात धुन्छिन् र फेरी जुत्ताको ढकनी निकाल्छिन् । उनी फेरी आफ्नो हात धुन्छिन् र पन्जाको पहिलो पत्र उतार्छिन् र फेरी हात धुन्छिन् । यो सिलसिला लगातार चलिरहन्छ र मेडिकल गाउन फुकालेपछि उनी फेरी हात धुन्छिन् । यस किसिमबाट उनले ११ पटक हात धोएको देख्न सकिन्छ ।

अब तपाईलाई थाहा भयो नै होलाकी कोरोनाका उपचार गर्ने डाक्टर कति सुरक्षात्मक सूट, पन्जा लगाउछन् र कति पटक हात धुन्छन् भनेर । यो भाइरसले हाल विश्वभरीनै आफ्नो प्रभाव छोडेको छ । विश्वभरीमा यो भाइरसबाट ८००० नजिकको ज्यान भइसकेको छ ।