एजेन्सी – जनवरीमा कोरोनाभाइरसको घटना दर्ता गर्न सुरु भएपछि बिहीबार पहिलो पटक चीनमा नयाँ संक्रमणको घटना पुष्टि भएको छैन । तर विदेशबाट आयातित संक्रमणको घटनामा भने तीव्र दरमा वृद्धि भएको छ ।
राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार विदेशबाट संक्रमणका ३४ घटना देखा परेको छ र यो आंकडा विगत २ साताको अवधिमा सर्वा्धिक बढी हो ।
अमेरिकी २ सांसदमा पोजेटिभ
अमेरिकी कांग्रेसका दुई सांसद मारियो डियाज–बलाटए र बेन म्याकएडम्स कोरानो भाइरसको चपेटामा आउने पहिलो कांग्रेसी भएका छन् । दुवैको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
डियाज–बलार्टको कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “शनिबार साझ कांग्रेसी बलार्टमा ज्वरो र टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो । उनमा कोभिड–१९ का लागि गरिएको परीक्षण पोजेटिभ आएको छ ।”
इटालीमा एकै दिनमा ४७५ को मृत्यु
कोरोनाभाइरसको कहर विश्वभरी बढिरहेको छ । यद्यपी यसको सबैभन्दा ठूलो असर इटालीमा देखिएिको छ । यहाँ एकै दिनमा ४७५, को मृत्यु भएको छ । यसका साथै मृतकको संख्या २,९७८ पुगेको छ ।
यहाँ २४ घन्टाको अवधिमा ४,२०७ नयाँ बिरामी देखा परेका छन् । यो सहित इटालीमा कोरोनाभाइरसको संक्रमणमा आउनेको संख्या ३५,७१३ पुगेको छ ।




प्रतिक्रिया