इटालीमा एकै दिनमा ४७५ जनाको मृत्यु, कपडा धुने कोठालाईनै बनाइयो आईसीयू

इटालीमा एकै दिनमा ४७५ जनाको मृत्यु, कपडा धुने कोठालाईनै बनाइयो आईसीयू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसको महामारी विश्वभरी फैलिरहेको समाचार आइरहेका बेला चीनबाट भने सकारात्मक समाचार आएको छ । चीनमा बुधबार एक पनि नयाँ बिरामी देखिएनन् ।

यसलाई कोरोनाभाइरसको बिरुद्ध चीनको ठूलो सफलता मानिएको छ । यद्यपी यस संक्रामक बिमारीकाबीच सबैभन्दा खतरा इटालीमा देखिएको छ । विगत २४ घन्टाको अवधिमा इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ । यो कोरोना भाइरसका कारण कुनै पनि देशमा एकै दिन मृत्यु भएको सर्वाधिक बढी संख्या हो ।

इटालीमा बिरामीको संख्यामा यती वृद्धि भएको छ कि आईसीयूको कोठा कम हुन थालेको छ । यससँग जुझ्नका लागि नयाँ–नयाँ तरिका खोज्न थालिएको छ । एक अस्पतालले कपडा धुने कोठालाईनै आईसीयूमा परिवर्तन गरेको छ ।

साथै अस्पतालको मैदानमा पाल टागेर यसलाई पनि वार्ड बनाइएको छ । आगामी दिनमा बिरामीको संख्यामाक कति वृद्धि हुन्छ भन्ने पहिलेनै अनुमान लगाउन नसकिने एक डाक्टरले बताएका छन् ।

यसैबीच भारतमा बिरामीको संख्यामा वृद्धि भएर १६९ पुगेको छ । स्पेनमा संक्रमित व्यक्तिको संख्या १३,७०० पुगेको छ भने मर्नेको संख्या लगभग ६०० पुगेको छ । विगत २४ घन्टाको अवधिमा १०७ मानिसको मृत्यु भएको छ । यहाँ नयाँ संक्रमितको संख्या २,५३८ पुगेको छ ।