म युद्धकालिन राष्ट्रपति हुँः डोनाल्ड ट्रम्प

म युद्धकालिन राष्ट्रपति हुँः डोनाल्ड ट्रम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाले कोरोना भाइरससँग लड्नका लागि सैन्य अस्पतालको जहाज परिचालन गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले आफूलाई युद्धकालिन राष्ट्रपति भएको र कोरियाली युद्ध युगको कानुन ल्याउनका लागि आग्रह गरेका छन् ।

अमेरिका र क्यानडाले गैर अत्यावसकिय बाहेकका भ्रमणका लागि सीमा बन्द गर्ने घोषणा गरेसँगै न्यूयोर्कका गभर्नर आन्द्रे कुमोले ट्रम्पले नेभीको १,००० कोठाको यूएसएनएस कमफर्टलाई शहरको बन्दर्गाहामा पठाउन लागेको बताए ।

अमेरिकामा कोभिड–१९बाट मृत्यु हुनेको संख्यामा वृद्धि भएपछि यो कदम उठाइएको हो । अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १५० पुगिसकेको छ । संक्रमितको संख्या ९,३०० पुगेका जोहन हप्किन्स युनिभर्सिटीको तालिकाले देखाएको छ ।

ट्रम्पले त्रास कम गर्ने प्रयास गरेपनि विश्वकै शक्तिशाली देशको धितोपत्र बजारमा नराम्रो असर परेको छ । तीव्र दरमा फैलिएको महामारीले बेरोजगारी दर पनि २० प्रतिशत सम्म पुग्न सक्ने आकलन गरिएको छ ।

यसैबीच अमेरिकाका ठूला तीन कार निर्माताहरु जनरल मोटर्स, फीयट क्रिश्लर र फोर्डले महिनाको अन्त्यसम्मका लागि भएपनि उत्तर अमेरिकाभरीका आफ्ना उत्पादन बन्द गर्ने घोषणा गरेका छन् ।