छत्तीसगढको माओवादी हमलामा १७ जवान बेपत्ता

छत्तीसगढको माओवादी हमलामा १७ जवान बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- छत्तीसगढमा माओवाद प्रभावित सुकमा जील्लामा शंकास्पद माओवादी हमलामा सुरक्षाबलका १४ जवान घाइते भएका छन् । घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको छ । छत्तीसगढमा यो वर्ष हाल सम्मकै माओवादीको सबैभन्दा ठूलो हमला मानिएको छ ।

हमलापछि १७ जवान बेपत्ता भएका छन् । प्रहरीका अनुसार घना जंगलको क्षेत्र भएकाले आज मात्रै बस्तुस्थितिको बारेमा थाहा पाउन सकिने छ । प्रहरीका एक अधिकारीका अनुसार बस्तरमा पछिल्लो समयमा माओवादीको बिरुद्ध अपरेशन प्रहार नामको विशेष अभियान चलाइदै आएको छ ।

यो अभियानका लागि शुक्रबार एसटीएफ तथा डीआरजीका जवानको एक टोली दोरनापालबाट खटिएको थियो । बुरकापालमा यो टोलीमा सीआरपीएफका जवान पनि समावेश भएका थिए । शनिबार दिउसो चिंगागुफा थानाको कसालपाड तथा मिनपाकाबीच शंकास्पद माओवादीले सुरक्षाबलको यो टोलीमाथि हमला गरेको थियो । उक्त समयमा जवान सर्चिङ अपरेशनपछि फर्कदैथे ।

प्रहरीका अनुसार शंकास्पद माओवादीले सुरक्षाबलको टोलीलाई चारैतर्फबाट घेरा हालेर कोराज डोंग रीको पहाडको टुप्पोमा जवानमाथि हमला गरेका थिए । दुवैतर्फको कयौ घन्टाको मुठभेडपछि हमलामा घाइते भएको केही जवानलाई उनका साथीहरुले घटनास्थलबाट बाहिर निकाल्नका लागि सफलता पाएका थिए । जस मध्ये १४ लाई एयरलिफ्ट गरेर राजधानी रायपुरको एक निजी अस्पतालमा भर्ना गरिएको छ । यी घाइते मध्ये कमसेकम २ को अवस्था गम्भीर रहेको छ ।