नेपालगञ्जस्थित जमुनाहा नाका एक हप्ताका लागि बन्द

नेपालगञ्जस्थित जमुनाहा नाका एक हप्ताका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाका आजबाट बन्द गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीको रोकथामको प्रयासमा आजबाट एक हप्ताका लागि जम्नाहा नाका बन्द गरिएको हो ।

नेपाल–भारत सीमानाको जमुनाहा नाका आजबाट एक हप्ताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उक्त नाकामा सामानहरु ल्याइने तर यात्रुहरु आवतजावतमा रोक लगाइएको उनले बताए ।