किट दिए ३ घण्टामा कोरोना पत्ता लगाइदिन्छौंः त्रिवि

किट दिए ३ घण्टामा कोरोना पत्ता लगाइदिन्छौंः त्रिवि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि विभागले आफूसँग कोरोना भाइरसको परीक्षण गर्नसक्ने प्रयोगशाला (ल्याब), उपकरणहरु र जनशक्ति रहेको जानकारी दिएको छ । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण भइरहेको छ ।

सरकार अन्य ठाउँमा परीक्षणका लागि आवश्यक तयारी गरिरहेका बेला जैविक विभागले विज्ञप्ति जारी गरेर कोरोना भाइरस परीक्षण गर्न आफूसँग ल्याब, उपकरण र जनशक्ति रहेको सार्वजनिक गरेको हो ।

सरकारले त्रिभुवन विश्वविद्यालयमार्फत विभागलाई अनुरोध गरे विभागबाट तुरुन्त कोरोनाको परीक्षण सुरु गर्न सक्ने र केही थप सुधार गर्नुपर्ने विभागीय प्रमुख प्राडा कृष्णदास मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा विभागको ल्याबमा थप सुधारपछि परीक्षणको रिपोर्ट ३÷४ घण्टामै दिन सकिने उल्लेख छ । सुधारका लागि परीक्षण किटसहित अन्य सामान उपलब्ध गराउनुपर्ने विभागको भनाई छ ।

विभागले संक्रमित संख्या बढेको अवस्थामा आफ्नो नवनिर्मित भवन प्रयोग गर्न सकिने पनि जानकारी दिएको छ ।