चैत ४ गतेको त्यो फ्लाइट, कोरोना संक्रमित युवतीसँगै आएका २ सय ५ जना यात्रु खोज्दै सरकार

चैत ४ गतेको त्यो फ्लाइट, कोरोना संक्रमित युवतीसँगै आएका २ सय ५ जना यात्रु खोज्दै सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक जना १९ वर्षीया युवतीमा कोरोना भाइरस भेटिएपछि सरकारले उक्त युवतीसँग नेपाल आएका अन्य यात्रुको खोजी कार्य सुरु गर्ने भएको छ ।

फ्लाइट नम्बर क्यू आर ६५२ बाट चैत ४ गते बिहान १०ः३० बजे फ्रान्स हुँदै कतारको दोहाबाट नेपाल आएकी ती युवतीसँग आएका अन्य यात्रुको खोजी कार्य तिव्र बनाइने भएको हो । उनी नेपाल आएको ६ दिन भइसकेको छ । यो अवधिमा उनले कति जनासँग भेटघाट गरिन भन्ने तथ्य खुलेको छैन् । उनी फ्रान्सबाट भियतनामकी साथीसँग एउटै फ्लाइटमा कतार आएकी थिइन् ।

‘होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा रहनुभएकाहरुलाई परीक्षण गर्ने र आइसोलेसनमा राख्ने काम अगाडि बढेको छ । सँगै आएको र उहाँसँग सम्पर्कमा रहेका व्यक्तिहरुबारे पनि खोजी गरेर हामी त्यही दायराभित्र ल्याउने खालको व्यहोरा पनि म सूचित गर्न चाहन्छु’, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भने ।

तर उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन । उनीहरु कहाँ कस्तो अवस्थामा छन् भनेर पनि अत्तोपत्तो छैन् ।