बेलायत – बेलायतमा एक नेपालीको मृत्यु भएको छ । चितवन बसैनी घर भई २३ वर्षदेखि दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनले जानकारी दिए ।
बेलायतबाट सञ्चालित नेपाली अनलाइन पत्रिका वी नेपालीका अनुसार घरमै अस्वस्थ भएका अर्याललाई शनिबार एम्बुलेन्सबाट लण्डनको उलीचस्थित क्वीन एलिजावेथ अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा आइतबार राती चिकित्सकले अर्याललाई मृत घोषित गरेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । पोस्टमार्टम रिपोर्ट आउन ७२ घण्टा लाग्ने बताइएको छ ।
अस्पतालले आफन्तलाई शव नजिक जान समेत नदिएको चितवन एड ट्रष्ट युकेका अध्यक्ष सेनले बताए। अर्याल श्रीमती र एक सन्तानका साथ लण्डनमा बस्दै आएका थिए ।




प्रतिक्रिया