जाजरकोट – जाजरकोटामा ४९ जना नेपाली सेनालाई क्वारेन्टाइनमा राखिएको छ । जाजरकोटस्थित नेपाली सेनाको ज्वाला दल गणले जिल्लामा हालै भित्रिएका ४९ जना सैनिकलाई आफैले निर्माण गरेको ब्यारेक भित्रको क्वारेन्टाइनमा राखेको हो ।
जिल्ला सदरमुकामस्थित ज्वालादल गण मालिका व्यारेकमा तालिम, विभिन्न कार्यक्रम, घरबिदा र सरुवा भइ जिल्लामा आएका ४९ जना सैनिकलाई व्यारेकभित्रै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको ज्वालादलगणका गणपति प्रमुख सेनानी सुरेन्द्रप्रताप रावलले बताए ।
उनले कोरोना भाइरसको संक्रमणप्रति उच्च सचेतता अपनाउन र आफ्नो सुरक्षा आफै गर्ने उपाय अपनाउँदै जिल्ला बाहिरबाट आएका सेनालाई १४ दिनको क्वारेन्टाइमा बस्न लगाएर स्वस्थ्य देखिए मात्र अन्य सेनाको सम्पर्कमा लगिने बताए ।




प्रतिक्रिया