प्रहरी निरीक्षक सुभद्र वाइवाको अगुवाइमा प्रहरीलाई खानेकुरा वितरण

प्रहरी निरीक्षक सुभद्र वाइवाको अगुवाइमा प्रहरीलाई खानेकुरा वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – दिव्यशक्ति नेपालले जनताको सुरक्षामा खट्ने नेपाल प्रहरीलाई खानेकुरा वितरण गरेको छ । बिहीबार दिव्यशक्ति नेपालका अध्यक्ष एवं समाजसेवी रोजिना जंगमकाे नेतृत्वमा जनताको सुरक्षामा खट्ने नेपाल प्रहरीलाई खानेकुरा वितरण गरेकाे हाे।

सहयोगीहरु कर्माध्वज तामाङ र राजन तामाङको संलग्नतामा सम्पन्न उक्त कार्यक्रममा मनोहरा कृषि प्रालि जडिबुटीका महेश्वर कोइरालाको आयोजनामा भएको थियो । महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी इन्चार्ज प्रहरी निरीक्षक सुभद्र वाइवाको अगुवाइमा भएको उक्त सामाजिक कार्य काठमाडौं ३२ मा रहेका सबै प्रहरी विटमा रहेका प्रहरीलाई पन्जा, फलफूल, चाउचाउ तथा पानी वितरण गरेका थिए ।

आगामी दिनमा पनि यसरी नै निरन्तर रुपमा सहयोगी हातहरु अगाडि वढाउने दिव्यशक्ति नेपालकी अध्यक्ष रोजीना जंगमले बताईन् । उक्त कार्यक्रममा समाजसेवी शकुन्तला वज्जारा समेतकाे उपस्थिती रहेको थियो ।