वालिङ – स्याङ्जामा गोली लागेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।
जिल्लाको हरिनाश गाउँपालिका–२ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको स्टोरमा काम गर्ने क्रममा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी विमलराज कँडेलले जानकारी दिए ।
पोखरा– २६ घर भएका पौडेललाई उपचारका लागि पोखरा ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो । घटनाको थप विरवरण आउन बाँकी छ ।




प्रतिक्रिया