काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गतेसम्म गर्ने भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्कोे बैठकले २५ गते १२ बजेस मध्यरातिम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले चैत्र ११ गते मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको थियो ।




प्रतिक्रिया