लकडाउन र सीमा बन्द चैत २५ सम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

लकडाउन र सीमा बन्द चैत २५ सम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गतेसम्म गर्ने भएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्कोे बैठकले २५ गते १२ बजेस मध्यरातिम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले चैत्र ११ गते मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको थियो ।