निजी अस्पताललाई सर्वोच्चको आदेश : कोरोना संक्रमणको उपचारबाट पन्छिन पाउँदैन्

निजी अस्पताललाई सर्वोच्चको आदेश : कोरोना संक्रमणको उपचारबाट पन्छिन पाउँदैन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले निजी अस्पतालहरुलाइ कोरोना संक्रमण(कोभिड-१९)का बिरामीको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ ।  अदालतले मंगलबार आदेश जारी गर्दै, कोरोना संक्रमणको उपचारका लागि आफ्नो सेवा तयार गर्न र डाक्टर लगायतका श्रमिकको सुरक्षा समेत गर्न निजी अस्पताललाई अन्तरिम आदेश दिएको हो ।

कानून व्यवसायीहरु पुष्पराज पौडेल र सरोजकृष्ण घिमिरेले दायर गरेको निवेदनमाथिको सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले क्षमताको अधिकतम् उपभोग गरी कोभिड–१९ का बिरामीको उपचार गर्न आदेश दिएको हो । ‘कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमितको उपचारबाट पन्छिन र उपचारबाट बिमुख बनाउन मिल्ने देखिदैन,’ आदेशमा भनिएको छ, ‘त्यसैले निजी स्वास्थ्यमा उपलब्ध भएसम्मको बेड, आईसीयू कक्ष, भेन्टिलेटर लगायतका उपचारका लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु ।’

सर्वोच्च अदालतले संक्रमण फैलने जोखिममा रहेका स्वास्थ्यकर्मीहरुको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारका नाममा आदेश दिएको छ ।