नेपालमा ११ सय जनाको कोरोना परीक्षण, संक्रमित २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

नेपालमा ११ सय जनाको कोरोना परीक्षण, संक्रमित २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले बुधबारसम्ममा १ हजार १ सय ४५ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ३३ र धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका १ हजार १ सय २८ जनामा कोरोना नभएको र बाँकी ५ जनामा कोरोना भएको पाइएको हो ।

अहिले पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना र ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ४ जना गरी उपत्यकाका अस्पतालमा ८ जनाको आइसोलेशन अर्थात डाक्टरको निगरानीमा उपचार भैरहेको छ । यस्तै काठमाण्डौ उपत्यकामा बाहेक सबै प्रदेशमा ९१ जनाको आइसोलेशनमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्रालयले थप पाँच ठाउँबाट कोरोनाको परीक्षण शुरु गर्ने तयारी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार जनकपुर, धनगढी, सुर्खेत, वुटवल र हेडौंडामा कोरोनाको परीक्षण गर्न आवश्यक सामान र जनशक्ति पुगिसकेको छ ।

त्यस्तै टेकुमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।

चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।