नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ ।

चैत ४ गते कतारको दोहा हुँदै काठमाडौं आएका एक युवामा कोरोनाको भाइरस पाइएको पुष्टि भएको स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

डा. देवकोटाकाअनुसार छैटौं संक्रमित व्यक्ति यही चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका थिए । संक्रमण देखिएको व्यक्ति उपत्यकाबाहिरको रहेको पनि उनले जानकारी दिए । अहिलेसम्म ११ सय ८४ जनाको कोरोनाको परीक्षण भएको छ ।