सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु हुँदै

सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ – कोरोना भाइरसको परीक्षण सातै प्रदेशबाट सुरु हुने भएको छ । कतिपय प्रदेशमा सुरु भइसकेको छ भने कतिपय प्रदेशमा तत्कालै सुरु हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अब सरकारले सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु गर्न लागेको छ, कतिपय प्रदेशमा सुरु भयो भने कतिपय प्रदेशमा भोलि–पर्सि नै सुरु हुनेछ भन्नुभयो । उहाँले हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र हेटौँडामा परीक्षण सुरु भइसकेको जानकारी दिनुभयो । कर्णाली प्रदेशमा पनि सुरु भएको जानकारी आइसकेको छ ।

प्रवक्ता देवकोटाले बाँकी प्रदेशमा पनि तत्काल परीक्षण सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । धरानमा हाल दैनिक १२ जनाको स्वाब परीक्षण सुरु गरिएको छ । प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले दैनिक १२ जनाको कोरोना परीक्षण भइरहेको जानकारी दिनुभयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा सुरु गरिएको जानकारी दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।